नवलपुर जेसिज बर्ष २०२० काे अध्यक्षमा न्याैपाने
नवलपुर जेसिजकाे बर्ष २०२० का लागि नारायण प्रसाद न्याैपाने चयन भएका छन् । शनिबार अवेर सम्पन्न निर्वाचनमा अर्का प्रत्यासि हरि सुवेदीलाई पराजित गर्दै न्याैपाने अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै नवलपुर जेसिजकाे बर्ष २०२० काे कार्यकारी उपाध्यक्षमा विनाेद बस्ताकाेटी र ओमकार घिमिरे निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा भने ४ जना नै निर्विराेध निर्वाचित भएका छन् । उपाध्यक्षमा निरन्जन बगाले, राजु चापागाई , विनयी अघिकारी र अनु सिग्देल निर्वाचित भएका छन्।
जेसिसमा हरेक बर्ष नयाँ नेतृव छनाैट हुने विधि रहेकाे छ भने एक व्यक्ति एक कार्यकाल एक पदमा मात्र रहने व्यवस्था रहेकाेछ ।
