दुखद खबरः मन्दिर दर्शन गरेर फर्किएका बस दुर्घटनामा परी १४ जना दर्शनार्थीको मृत्यु


दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
आज विहान खाडीचौरमा भएको बस दुर्घटनामा परेका व्यक्ति कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी रहेको बताइएको छ ।
दुर्घटनामा परी १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।



सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलो भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १४ जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

आज विहान ८ः३० बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित ६ किलोमा बा२ ख ४४६८ नम्बरको बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले सो बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको र घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको बताए । घटनाको थप विवरण आउन बाँकी छ ।






सम्बन्धित
Loading...