रजहर जेसिस बर्ष २०२० को अध्यक्षमा राजन गौतम

रजहर । पूर्वी नवलपरासीको रजहरमा रहेको रजहर जेसिजको बर्ष २०२० को अध्यक्षमा राजन गौतम निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि राजन गौतम र राजु केसी बीच उम्मेदवारी परेकोमा गौतमले १६ मत प्राप्त गरी विजयी भएका हुन् । केसीले १२ मत प्राप्त गरेका थिए ।
रजहर जेसिजको छैठौं साधारण सभा तथा पाँचौ अधिवेशन आइतबार भएको हो । अधिवेशनबाट अन्य पदमा भने सर्वसम्मत निर्वाचित भएको थियो । जसको कार्यकारी उपाध्यक्षमा हरि प्रसाद सापकोटा र ईश्वर बहादुर लोहनी, महासचिवमा रमेश तिमल्सिना, कानुनी सल्लाहकारमा त्रिबिक्रम कोईराला, कोषाध्यक्षमा शोभा मुखिया कोईराला, उपाध्यक्षमा भानुभक्त पौडेल, प्रदिप अधिकारी, बिमलराज गौतम र सुरज सुवेदी निर्वाचित भएका छन् ।
