१ करोड भन्दा बढीको लागतमा बिनयी त्रिबेणी गाउपालीका १ बगुबन र सिसेनी जोड्ने झलुगें पुल बन्दै
- गंगा बिश्वकर्मा –
चाेरमारा । नवलपुरको विनयी त्रिबेणी गाउपालिका १ बगुबन र सिसेनी जोड्ने झलुगें पुलको शिलान्याश गरिएको छ । गण्डकी प्रदेशको चालु बर्षको योजना अन्र्तगत कुल १ करोड ३७ लाख ८७ हजार ६ सय ४९ रुपैया ८० पैसामा निमार्ण हुने झलुङ्गे पुलको प्रतिनिधी सभा सांसद तिलक महत र गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले शिलान्याश गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य तिलक महतले यस झलुङ्गे पुलबाट आबातजाबतमा राहत पुग्ने बिश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले बिगत ३० बर्ष देखी खोलाको समस्यालाई झेल्दै आएका स्थानीयको घाउमा मलम लगाउने कार्य यसले गर्ने बताए। पुल १ सय ९९ मिटर लम्बाइको हुने बताइएको छ ।
