जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएका १२ जना सकुशल फर्किए




जुम्लाको तिला गाउँपालिका-९ को शेरा फूलबारी पाटनमा बेपत्ता भएका भनिएका सबै जना सकुशल घर फर्किएका छन् । जडीबुटी संकलनका लागि पाटन गएका उनीहरू सोमबार बिहान गाउँ फर्किएका हुन् ।

बेपत्ता भएकाहरूसँग कुनै सम्पर्क हुन नसकेपछि खोजबिन गरिदिन प्रशासनसँग स्थानीयले माग गरेका थिए । गृह मन्त्रालयले उनीहरूको उद्धारका लागि हेलिकाेप्टर पठाउने तयारी गरेको अवस्थामा बेपत्ता भनिएकाहरू गाउँमा पुगेको खबर आएको जिल्ला प्रशासन कार्यालय जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले बताए ।

‘सुर्खेतमा नेपाली सेनाको हेलिकाेप्टर तयारी अवस्थामा राखिएको थियो,’ उनले भने, ‘तर मौसममा देखिएको खराबीका कारण उड्न सकेको थिएन् ।’

बेपत्ता भएकामध्ये छविराज बोहोराले फोन गरेर आफूहरू सकुशल भएको जानकारी दिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।



सम्बन्धित
Loading...