सिनका विद्यार्थीहरुको कला प्रदर्शन

कावासोती । विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रस्फुटन गर्ने उद्दश्यले निजी विद्यालयको संस्था सिन नवलपुरले सोमबार कावासोती विज्ञान कला तथा संस्कृती प्रर्दशन कार्यक्रम गरेको छ ।
सिन नवलपरासीमा आवद्ध २६ विद्यालयका विद्यार्थीहरुले विज्ञान, कला र सस्कृतिहरु प्रर्दशन गरेका थिए । विद्यार्थी आफैले सृजना गरेका पानी जहाज, डोजर, क्रेन, रोबट जस्ता वैज्ञानिक उपकरणहरु प्रर्दशनीमा राखेका थिए । कावासोतीको डण्डामा आयोजित कार्यक्रम प्रदेश सभा सदस्य विष्णु लामिछानेको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा लामिछानेले यस्ता पर्दशनीले विद्यार्थीको सृजनामा प्रोत्साहन मिल्ने बताए ।
कार्यक्रममा २६ विद्यालयका ३५ समुहले नृत्य र सस्कृति प्रर्दशन गरेका थिए । सिन नवलपुरका अध्यक्ष बाल कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल, भिमलाल अधिकारी, दिपक कुवांर, रामचन्द्र देवकोटा, थानीसरा पोख्रेल, भिमलाल कंडेल लगायतले यस्तो कार्यक्रमले विद्यार्थीहरुलाई रचनात्मक क्रियाकलापमा अग्रसर गराउने बताएका छन् । कार्यक्रम आठ हजार विद्यार्थीहरुले अवलोकन गरेको अध्यक्ष थापाले बताए ।