कपिलवस्तुको शिवराज–११ मा कृषकहरुको अनुगमन


  • राम अवतार चौधरी –कपिलवस्तु  । कपिलवस्तुको शिवराज नगरपालिका–११ अन्र्तगत साना सिचाँई कार्यक्रममा छनौट भएका १३ वटा कृषकहरुको सोमबार अनुगमन गरिएको छ । शिवराज नगर उप–प्रमुख शिव कुमारी थारुको संयोकत्वमा अनृुगमन गरिएको वडा नं।११ का वडा अध्यक्ष रामेश्वर बर्माले जानकारी गराए ।वास्तविक किसानहरु भन्दा गैर किसानहरुले अनुदानको सामाग्रीहरु प्राप्ता गरेर दुरुपयोग गरिरहेको गुनासो दिनप्रतिदिन बढ्दै गर्दा नगरपालिकाको ध्यानाकर्षण भएको थारुको भनाई छ । शिवराज नगरपालिकाको सबै वडामा सिचाँई कार्यक्रमको अनुगमन गरिने जनाईएको छ ।
    साना सिचाँई अन्र्तगत गत बर्ष कृषि सामाग्री पम्पसेट र मोटर माग भएका निवेदन अनुसार छानौटमा परेका अब्दुल सकुर मिया, शिव गोबिन्द कुर्मी, राधेश्याम प्रसाद कुर्मी, थमन बहादुर कुँवर, नरेन्द्र शार्मा आचार्य, छविलाल आचार्य, जगनारायण अहिर, कृष्ण प्रसाद चौधरी, राम चन्द्र शार्मा, विजय सिंह, छविलाल पराजुली, रामदेव मिश्र र कृष्ण प्रसाद बञ्जाडे लगायत ९किसानहरुको गाउँ थुनियाँ९क०९ख०, मैटहवा, मर्जादपुर, जालिम बगिया, नयाँबस्ती० कृषकहरुको खेतबारीमै गएर अनुमन गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द चौधरीले जानकारी दिए ।
    त्यसैगरी वडा अध्यक्ष बर्माले आफ्नो वडामा अनुगमन भएकाले यसबाट किसानहरुमा राम्रो सन्देश जानुका साथै कृषिमा अझै प्रभावकारी र व्यावसायिक तरिकाले कृषकहरु अवसर पाएर फड्को मार्ने विश्वास समेत उनले व्यक्त गरको छन् ।
    शिवराज नगर उप–प्रमुख शिव कुमारी थारुको संयोजकतत्वमा, शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द चौधरी, वडा नं।११ का वडा अध्यक्ष रामेश्वर बर्मा, वडा नं।१ का वडा अध्यक्ष जगत बहादुर घर्ती, चित्र पोख्रेल लगायतको टोलीले अनुगमन गरिएको शिवराज नगरपालिकाको कृषि शाखाले जनाएको छ ।


सम्बन्धित
Loading...