विराटनगरमा रक्तश्राबका कारण सुत्केरीको मृत्यु




विराटनगरस्थित सप्तकोशी अस्पतालमा प्रसूति गराउन गएकी एक सुत्केरीको अत्यधिक रक्तश्रावका कारण मुत्यु भएको छ । विराटनगर–५ की २८ वर्षीया मेनुका अधिकारी कटुवालको मृत्यु भएको हो ।
चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको परिवारको आरोप छ ।
प्रसूतिका लागि गत शुक्रबार साँझ सप्तकोशीमा भर्ना गरिएकी अधिकारीको शनिबार डा. योगेन्द्र मिश्र नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो ।
उनलाई थप उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको गएराति ९ बजे मृत्यु भएको हो ।
शल्यक्रियाका क्रममा नसा काटिएको कारण रक्तश्राव नरोकिएको धरानमा उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको मेनुकाका श्रीमान महेश कटुवालले बताए ।
भिडियो एक्सरेबाट पेटमा रगत तथा विकार पदार्थ जमेको देखिएपछि त्यसलाई बाहिर निकाल्न चिकित्सकले दोस्रो पटक धरानमा पनि शल्यक्रिया गरेका थिए ।
अत्यधिक रक्तश्राव, पिसाव बन्द तथा पेट पोलेर सहनै नसक्ने अवस्था हुनुका साथै रक्तचाप समेत कम हुँदै गएपछि डा।मिश्रले नै सुत्केरी मेनुकालाई गत शनिबारराति धरान लैजान आग्रह गरेको परिवारको भनाइ छ।



सम्बन्धित
Loading...