सिभिल बैंक लिमिटेडको ९ औ वार्षिकोत्सवको अवसरमा रक्तदान

सिभिल बैंक लिमिटेडको ९ औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम बुधबार सम्पन्न भएको छ । कावासोती ८ मा सभिल बैंक लिमिटेडको प्रङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् ।
सभिल बैंक लिमिटेड कावासोती शाखा प्रमुख दिपक पाण्डेले पछिल्लो समय वित्तिय कारावार संगै सामाजिक क्षेत्रमा पनि अग्रसर हुदै विभिन्न कार्यक्रमहरु गदै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई प्राथामीक्तामा राख्ने बताउनु भएको छ ।
रक्तदानका लागी भरतपुर रेडक्रसका प्राविधिक सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।