गुल्मीमा गाेठ जल्दा एक जनाको मृत्यु


हुमाकान्त पाेखरेल –



फाइल फोटो

गुल्मी ५ पुस। इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ । स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा राती आगो लागेको छिमेकी सुरज बमरेलले जानकारी दिए ।




जलेको अवस्थामा एक जनाको शब रहे पनि पहिचान नभएको इस्मा प्रहरी चौकीका प्रहरी हवल्दार दया बहादुर अधिकारी जानकारी दिए ।

गोठ भएको घरका कोहि व्यक्ति नभएकाले शब छिमेकी वा बाहिरको भन्ने अनुसन्धान भैइरहेको अधिकारीले बताए । गोठमा रहेका भैंसी र गोरु जलेको अबस्थामा रहेका छन ।



सम्बन्धित
Loading...