विद्यालयद्वारा रंगशाला निर्माणका लागि धुर्मुसलाई ३ लाख सहयोग

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १६ रहजरमा रहेको अमर इंलिस बोडिड्ड स्कूलले विद्यालय स्थापना भएको २५ बर्ष पुगेको अवसरमा चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनमा ३ लाख सहयोग गरेको छ ।
विद्यालयको २ लाख र अन्य सहयोगबाट १ लाख गरी ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको विद्यालयका प्रिन्सिपल पदम बरालले बताए ।
विद्यालय स्थापनाको २५ बर्ष पुगेको अवसरमा ५ दिन विभिन्न कार्यक्रमको आयोजना गरी रजत महोत्सव गरेको थियो ।
धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
चितवनमा निर्माण शुरु गरिएको अन्तराष्ट्रिय स्तरको गौतमबुद्ध क्रिकेट रंगशालामा देश विदेशका नेपालीहरुले सहयोग गर्ने क्रम जारी रहेको छ ।