अन्र्तदेशीय जल अधिकार सम्मेलन नवलपरासीमा हुने
- गोपी ज्ञवाली

नवलपरासी । नदी अधिकार मञ्च साउथ एशिया कमिटिको आयोजनामा यही पुस दश गते देखी नवलपरासीको सुस्तामा अन्र्तदेशिय जल सम्मेलनको आयोजना हुने भएको छ ।
नेपाल, भारत र बंगलादेशका ठुला नदिहरुको तटिय क्षेत्रमा बसोबास गर्ने विभिन्न स्थानका सरोकारवालाहरुको अधिकार संग सम्बन्धित विषयहरुमा बृहद छलफल गरि अधिकारको प्रत्याभुतिका लागि नवलपरासीको सुस्तामा तिन दिन सम्म चल्ने अन्र्तदेशिय जल सम्मेलनको आयोजना गरिएको नदी अधिकार मञ्च साउथ एशिया कमिटिकासंयोजक बृजराज कुशवाहले पत्रकार सम्मेलनमा बताए ।
यहि पुष १० गते शुरु भई १२ गते सम्पन्न हुने यो अन्र्तदेशिय जल अधिकार सम्ममेलनमा भारत, नेपाल र बंगलादेशका बंगलादेशका नदी पीडित तथा जल अधिकारका अभियन्ताहरुको उपस्थिती रहने बताईएको छ । यस सम्मेलनमा भारतका पश्चिमी बंगाल, बिहार र उत्तर प्रदेशका विज्ञ, नदी पीडित तथा जल अधिकारका अभियन्ताहरु सहभागी हुने छन् । त्यसै गरी नेपालका पुर्वमा कमला नदी, कोशी नदी नदी, वागमती नदी, कर्णाली नदी र महाकाली नदीका तटीय वासीन्दा तथा नेपालका नदी अधिकारकर्मी, जल अधिकारकर्मी, जल विज्ञ तथा मानव अधिकारकर्मीहरुको गरि करिब एक हजार जनाको उपस्थिती हुने पत्रकार सम्मेलनमा बताईएको छ ।
पुस १० गते सुस्ता गाउपालिका वार्ड नम्बर ५ नारायणी नदी किनार स्थित ठाढीघाटमा गरिने बताईएको छ ।यसै गरि दोश्रो दिन ११ गते गण्डकवासीका लागि प्रशिक्षण कार्यक्रम त्रिभुवन क्याम्पस बेलाटारीको गान्धी हलमा सञ्चालन गरिनेछ र तेश्रो दिन अर्थात अन्तिम दिन त्यसै हलमा नदी अधिकार मञ्चको घोषणा पत्र जारी गरि सम्मेलनको विधिवत रुपमा समापन गरिने कुराको जानकारी गराईएको छ ।
पानीको असमान वितरण, बाढी डुबान कटानमा नियन्त्रणको अभाव, जल विद्युतको उत्पादनमा कमी तथा गण्डकमा बनाईएका संरचनाले पार्न थालेको दीर्घकालीन प्रभावबारे ब्यापक छलफलहुने बताईएको छ ।