नेकपाले डेड वर्षपछि बोलायो केन्द्रीय समितिको बैठक




सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकीकरणको डेढ वर्षपछि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा चलिरहेको स्थायी समितिको बैठकमा पुस २० गतेदेखि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।




तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपामा ४ सय ४५ सदस्यीय केन्द्रीय समिति रहेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी भूमिका पाएपछि लगातार पार्टीका बैठक बोलाएका हुन् । सचिवालय बैठकपछि अहिले स्थायी समितिको बैठक बसिरहेको छ ।

स्थायी समितिको बैठक लगत्तै केन्द्रीय समितिको बैठक बोलाइएको हो । सो बैठकले स्थायी समितिले लिएका निर्णय अनुमोदन गर्नेछ ।



सम्बन्धित
Loading...