गैडाकोट ४ को पसलमा आगलागी, ३ लाख बराबरको क्षति


फाइल फोटो


गैडाकोट (नवलपरासी) । पूर्वी नवलपरासीको गैडाकोट ४ शिवशक्ति चोक स्थित नवराज पौडेलेको पसलमा आगालागी भएको छ ।
पसल रहेको घरमा विजुलीको तार सर्ट भई राति १ बजेर १० मिनेट जाँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । स्थानीय, नागरिक प्रहरी र भरतपुरको दमकलको सहयोगमा राति १ बजेर ४० मिनेटमा आगो नियन्त्रणमा आएको थियो ।
मानवीय क्षति नभएको प्लाष्टिक, अन्न चालम, कपडाहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरकासी प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए ।
गैडाकोट ४ मा नवराज पौडेलको पसलमा आगलागी भएको हो । आगलागीबाट ३ लाख बराबरको क्षति भएको बताइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।



सम्बन्धित
Loading...