कुटपिटमा परेका दलित परिवारको प्रहरीले जाहेरी दर्ता गरेन


  • गोपी ज्ञवाली



नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा कुटपिटमा परेका दलित परिवारको प्रहरीले जाहेरी दर्ता नगरे पछि पीडित परिवार अझै पीडित बनेका छन ।
बर्दघाट नगरपालिका वार्ड नम्बर १३ मझौनिका स्थानीय दुई परिवार जडावमती हरिजन र सोही स्थानका मोबारक कुजडाका परिवार बीच सामान्य विषयलाई लिएर भएको विवादमा मोबारकका परिवारका छ जना सदस्यहरुले सामुहिक रुपमा दलित परिवारलाई कुटपिट गरि गम्भीर घाईते बनाएका थिए ।
उक्त घटनाका दोषीलाई कारवाहीको माग गर्दै दलित हरिजन परिवारले जिल्ला प्रहरी कार्यालयले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालयले दर्तासम्म नगरे पछि आफूहरु अझै पीडित बनेको बर्दघाट नगरपालिका वार्ड नम्बर १३ मझौनीकी जडावमती हरिजनले बताए ।
गत मंसिर २४ गते भएको कुटपिटको घटनामा दोषीलाई कारवाहीको माग गर्दै जडावती हरिजनले मंसिर २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त लिएर जाँदा जिल्ला प्रहरी कार्यालयले दोषीलाई कारवाही गर्नुको सट्टा आपसमा मिल्न भन्दै जाहेरी दर्ता समेत नगरेको पीडित पक्षको भनाई रहेको छ ।
मोबारक कुजडाका परिवारले हरिजन परिवार माथि सामुहिक रुपमा आक्रमण गरि लाठी, डण्डाले कुटपिट गरि जडावती हरिजनको छोरा बृजेश हरिजन र श्रीमान दयाराम हरिजनलाई गम्भिर घाईते बनाए पछि पीडकलाई कार्वाहिको माँग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न जाँदा प्रहरीले विभिन्न बहाना बनाएर पिडितको जाहेरी समेन दर्ता नगरेको जडावतीले बताए ।
जडावतीका अनुसार प्रहरीले पहिला आपसमा मिल्न भन्दै दवाव दिएको र पछि अंगभंगको जाहेरी नबनाएर सामान्य प्रकारको सार्वजनिक मुद्दाको जाहेरी पत्र बनाउन भनेको बताए ।
जिल्ला प्रहरी कार्यालयले भने जाहेरी दर्ता गर्न केही कागजी प्रकृया नपुगेको भएर मुद्दालाई ईलाका प्रहरी कार्यालयलाई प्रकृया पु¥याउन पुन ईलाका प्रहरी कार्यालय बर्दघाटमा पठाईएको बताएको छ । वर्दघाट ईलाका प्रहरी कार्यालयका प्रमुख हिम बहादुर केसीले भने केही कागज अधुरो रहेको र सरकारी वकिलसंगको परामर्श गरेर मुद्दा दर्ता गरिने बताए ।
दलितसंग सम्बन्धित अधिकांश मुद्दाहरुमा सरकारी कार्यालयहरुमा न्याय दिलाउनुको सटटा आपसी मेलमिलापको नाममा पीडितलाई अझै पीडा दिने गरि काम हुने गरेको परासीका अधिवक्ता मनोज कुमार हरिजनले बताए ।



सम्बन्धित
Loading...