विकासको पूर्वधार नै शिक्षाः शिक्षा मन्त्री गुरुङ

कावासोती । गण्डकी प्रदेशका आर्थिक मामिला तथा भौतिक योजना मन्त्री किरण गुरुङले विकासको पूर्वाधारनै शिक्षा भएकोले बजेट तयार गर्दा पहिलो प्राथमिकता शिक्षालाई दिनु पर्ने बताएका छन् ।
कावासोती १० मा मगरकोटमा रहेको जनता मा विको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताए ।
गुरुङले गण्डकी प्रदेसलाई गुणस्तरीय शिक्षा प्रदान गराउनको लागि आगामी बजेटमा शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने बताए ।