अरुणखोलामा मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव शुरुः जातीय पहिचान नै नेपालको साझा सम्पत्तिः राज्यमन्त्री महर्जन




कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु ११ अरुणखोलाको अरुणखोला किनारमा सोमबारदेखि मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव शुरु भएको छ ।

महोत्सवको सहरी विकास राज्यमन्त्री रामविर महर्जनले उद्घाटन गरे । महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै राज्य मन्त्री महर्जनले सबै जात जातिको कला धर्म र सस्कृतिको रक्षाबाट नै देशको विकास हुनेमा जोड दिए ।




राज्यमन्त्री महर्जनले नेपाल अनेकतामा एकता र सबै जातजातिको साझा फुलबारी भएकोले जातीय पहिचान नै नेपालको साझा सम्पत्ति भएको बताए ।

नेवाः दय् देवु नवलपुरको आयोजनामा सोमबारबाट शुरु भएको महोत्सव पुस १७ गतेसम्म चल्ने छ ।

राज्यमन्त्री महर्जनले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनु यस्ता सम्पूर्ण जातजातिको पहिचान, भाषासंस्कृति, भेषभुषा, रहनसहनको उत्तिकै महतो हुनेमा जोड दिए ।

कार्यक्रममा संघीय सांसद तिलक महत, गण्डकी सभा सदस्य जनकलाल श्रेष्ठ, लक्ष्मी सुनार, संविधान सभा सदस्य जीवन श्रेष्ठ, कृष्ण पौडेल, पूर्व सभासद सीता बौडेल, पुर्व सांसद चन्दमणि खराल, नेवा दय् देवू केन्द्रीय अध्यक्ष सफलताको शुभकामना व्यक्त गरेका थिए ।

महोत्सव शुरु हुन पूर्व निकालिएको झाँकी सहितको शोभा कलस यात्राले आरुणखोला बजार परिक्रमा गरेको थियो ।



सम्बन्धित
Loading...