देवचुलीको जनज्योति विद्यालयको आठकोठे भवन शिलान्यास

देवचुली (नवलपरासी) । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दलदलेमा रहेको जनज्योति नमुना माध्यमिक विद्यालयको ८ कोठे भवनको शिलान्यास गरिएको छ ।
देवचुली नगरपालिका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले आठ कोठे भवनको शिलन्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद काफलेको अध्यक्षता भएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तराई मधेश समृद्धि कार्यक्रमबाट प्राप्त ३५ लाख रुपैया र देवचुली नगरपालिकाबाट ३ लाख ५० हजार गरी ३८ लाख ५० हजारको लागतमा भवन निर्माण हुने भएको हो ।