शिक्षालाई समय अनुकूल परिवर्तन गर्नूपर्नेमा मन्त्री पोख्रेल को जोड
नवलपुर । पाैष शिक्षा मन्त्री गिरीराजमणी पाेख्रेल ले नेपालकाे शिक्षालाई समय अनुकूल परिवर्तन गर्नु पर्ने कुरामा जाेड दिनु पर्नै बताउनु भएकाे छ । शिक्षा बिकास तथा समन्वय ईकाइ नवलपुरले अाज कावासाेतीमा अायाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै मन्त्री पाेख्रेलले देशको विकासका लागि शिक्षा क्षेत्र महत्वपुर्ण भएकाले शिक्षालाई समय अनुकुल परिवर्तन गर्नु पर्ने बताउनु भयाे । उहाँले ‘शिक्षालाई श्रम, प्रविधि र शिपसंग जोड्नु पर्नै बताउदै शिपलाई उत्पादनमा बदल्नुपर्छ ।
अनी मात्र मुलुक समृद्ध समाजको निर्माण हुनेमा जाेड दिनु भयाे । मन्त्री पाेख्रलले विद्यालय राष्ट्र निर्माण गर्ने थलो भएकाले विद्यालयमा कार्यरत शिक्षकलाई गम्भीर बन्न अाग्रह गर्नु भयाे ।उहाँले शिक्षामा राजनीति गर्नेलाई सरकारले अब छुट नदिने बताउनुभयाे विद्यालय जागिर खाने नभई राष्ट्र निर्माण गर्ने थलो भएको भन्दै मन्त्री पोखरेलले शिक्षकलाई राजनीति नगर्न आग्रह गर्नु भयाे । सरकारले सङ्ख्यात्मकभन्दा पनि गुणात्मक शिक्षक उत्पादनतर्फ ध्यान केन्द्रित गरिरहेको उहांकाे भनाइ थियो । मौलिक हकका रूपमा संविधानभित्रै समेटिएकाले अनिवार्य र वैज्ञानिक शिक्षाको रूपमा विकास गर्न सरकार प्रति बद्द रहेकाे समेत बताउनु भयाे ।