जेसीजको राष्ट्रिय महाधिवेशन आजदेखि ,प्रचण्डले उद्घाटन गर्ने


चितवनको रत्ननगरमा हुने नेपाल जेसीजको ४६औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । पुस १२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन आज बुधबार चितवनको रत्ननगरमा हुँदैछ ।



जेसीजको महाधिवेशन उद्घाटनका लागि सत्तारुढ नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आज चितवन आउँदैछन् । सो महाधिवेशनमा देशभरबाट करिब तीन हजार जना जेसीज प्रतिनिधिहरुको सहभागिता रहने आयोजक रत्ननगर जेसीजले जनाएको छ । नेपाल जेसीसको ७७ जिल्लामा एक सय ५१ वटा जेसीसका शाखा रहेका छन् ।




महाधिवेशनले राष्ट्रिय अध्यक्ष एक जना, चार जना कार्यकारिणी उपाध्यक्ष, १२ जना उपाध्यक्षसहित कार्यसमिति चयन गर्नेछ । महाधिवेशनका लागि कुल एक करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महाधिवेशनमा मिस्टर एण्ड मिस जेसी प्रतियोगितासमेत आयोजना गरिने बताइएको छ ।

विभिन्न विधाका उत्कृष्ट पाँच जना युवाहरुलाई राष्ट्रिय युवा सम्मान तथा जेसीसहरुको प्रतिभा प्रस्फुटनका लागि मिस्टर जेसी तथा मिस जेसी प्रतियोगिता हुने रत्ननगर जेसीसका अध्यक्ष सुवास पोखरेलले बताए । रत्ननगरमा हुने महाधिवेशन स्थानीय आर्थिक, सामाजिक तथा संस्कृतिको विकाससँगै भ्रमण वर्ष–२०२० सफल पार्नसमेत सहयोगी सिद्ध हुने विश्वास लिइएको छ ।



सम्बन्धित
Loading...