चार घरमा आगलागी हुँदा लाखौंको क्षति राहतको पर्खाइमा
राप्ती सिनारी गाउपालिका वडा नम्बर १ बसेरी गाउँमा आगलागी भएको छ ।
शेबक राम बिक, मुना बिक, नारायण बिक लगाएतको घरमा आगलागी हुदा लाखौ बराबरको धनमाल जलेर नस्ट भएको छ । आगो लाग्नुको कारण बच्चाहरुले आगो ताप्ने क्रममा लागेको ईलाका प्रहरी कार्यालय कुसुमका प्रहरी प्रमुख पुर्ण खत्रीले जानकारी दिएका छन् । उदार कार्यमा नेपाल प्रहरी शसत्र प्रहरी नेपाली सेना स्थानीय बासी लगाएतको सयुक्तले आगो नियन्त्रण लिएका थिए ।
अहिलेसम्म आगलागी हुँदा ४ घरमा धान चामल तोरी लत्ताकपडा पैसा लगाएत घर समान जलेर नस्ट भएको छ भने पीडितहरुले स्थानीय सरकारसङ राहतको माग गरेका छन् ।