सुनवलको महल पोखरीमा होमस्टे संचालन हुने


  • गोपी ज्ञवाली



नवलपरासी । सुनवल नगरपालिकाको एउटा मात्र पहाडी गाँउको रुपमा रहेको महलपोखरीमा होमस्टे संचाल नहुने भएको छ ।
सुनवल नगरपालिका वार्ड नम्बर ४ को पहाडी भागमा रहेको एक मात्र मगर समुदायको गाँउमा महलपोखरीमा नगरपालिकाको अग्रसरतामा महलपोखरी मगर होमस्टे संचालनको तयारी भई रहेको सुनवल नगरपालिका वार्ड नम्बर ४ का सदस्य एवं महलपोखरी होमस्टे संचालन तयारी अनुगमन समिति संयोजक बालकृष्ण पंगेनीले बताए ।
पुर्वपश्चिम लोकमार्गको सुनवल चोकदेखि १२ मिलोमिटरको उत्तरमा रहेको पहाडी मनोरम स्थानमा रहेको महलपोखरी गाँउलाई मगरहरुको सांस्कृतिक संरक्षण गर्दै होमस्टे संचालनको तयारी भई रहेको छ । सुनवल नगरपालिकाको अग्रसरतामा महलपोखरी गाँउमा होमस्टे संचालनका लागि महल पोखरीका ३० जना स्थानीयहरुलाई होमस्टे संचालन एवं व्यवस्थापन सम्बन्धि एक महिने तालिम भदौमा संचालनगरिए पछि होमस्टे संचालनको कामले तिब्रता पाएको छ ।
मगर समुदायका २२ घर परिवारको बसोबास रहेको महलपोखरी गाँउका १० घरमा पहिलो चरणमा होमस्टे संचालनका लागि घरको ब्यावस्थापन, सरसफाई, खानेपानी एवं सार्वजनिक चौताराहरुको काम भई रहेको बताईएको छ ।
खानेपानीको समस्या रहेको महलपोखरीमा लिफटिङ सिस्टमबाट पानीको आपुर्ति गरिएको छ भने सामुहिक रुपमा सांकृतिक कार्यक्रम संचालनका लागि नगरपालिकाले १५ लाख रुपियाको लागतमा एउटा सभाहल निर्माण गरिरहेको छ ।
चुरे पहाडको उच्चतम विन्दुमा रहेको महलपोखरी माईको मन्दिरको मर्मतका लागि पनि नगरपालिकाले १५ लाख रुपिया रकम छुटटाएको छ भने पर्यटकहरुलाई घुमन र बस्नका लागि डाँडाको माथिल्लो भागमा बस्ने बेन्च, हरियाली चौर, व्यवस्थित बाटो लगायतको काम तिब्रताले भई रहेको सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए ।
महलपोखरी माईको मन्दिरभएको पहाडको उचाईबाट दक्षिणतर्फ भारतीय सीमानासम्म फैलिएको तराईको समथर फांँट र उत्तरतर्फ हिमालय श्रृंखला सजिलै देखन सकिन्छ । तराईमा गर्मी बढेको समयमा पनि तराईको गर्मी छल्न नेपालका मात्र होईन कि भारतको गोरखपुरसम्मका पर्यटकहरुको आगमनको सम्भावनालाई ध्यानमा राखेर होमस्टेको तयारी गरिएको बताईएको छ ।



सम्बन्धित
Loading...