आज नवलपुरका अधिकांश विद्यालय विदा
नवलपुर । आज लाग्ने सूर्यग्रहणका कारण नवलपुरका अधिकांश विद्यालय विदा गरिएको छ ।
गैडाकोट शिक्षा शाखाले सार्वजनिक सूचना नै जारी गरेर विद्यालय विदा गरेको छ भने नवलपुरका अन्य विद्यालयहरुमा पनि विदा गरिएको छ ।
वैज्ञानिकहरुले भने विद्यार्थीहरुलाई विद्यालय विदा नगरी सूर्यग्रहणको दिन विद्यार्थीलाई सूर्यग्रहणको अभ्यास सहित अध्ययन गराउनु पर्नेमा जोड दिएका छन् ।