पत्रकारलाई गाँउ निकाला गर्ने धम्की
नवलपरासी १० पुष । पश्चिम नवलपरासीको बर्दघाट ४ दिब्यनगरस्थित टोल विकास संस्थाका अध्यक्ष लक्ष्मणनाथ योगीले पत्रकार रवि पाण्डेलाई गाउ निकाला गर्ने धम्की दिएका छन् । बर्दघाट पोष्टमा प्रकाशित सामुदायिक वनहरुले दाउरा वितरण गरे शिर्षकको समाचारको बिषयलाई लिएर उनले बुधवार साँझ पत्रकार पाण्डेलाई धम्की दिएका हुन ।
पारिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाटले शान्तिनगर र दिब्यनगरटोलमा दाउरा नदिएको तर दाउरा वितरण बारे समाचार लेखेको भन्दै बुधवार साँझ उनले आफ्नो मोबाइलबाट वाहियात नलेख्न भन्दै धम्की दिएका दिए । वनले कहाँ दाउरा दियो पत्रिकामा ? वाहियात फटाही लेख्ने ? उनले धम्की दिदै कडकिएपछि पाण्डेले फोन काटेको बर्दघाट पोष्ट दैनिककी ब्यवस्थापक लक्ष्मी घिमिरेले जानकारी दिनुभयो । बर्दघाट पोष्ट दैनिकमा यो समाचार पुष ९ गते बुधवार प्रकाशित भएको थियो ।
बुधवार साँझ यस्तो वाहियात लेख्ने भनेर फोन मार्फत धम्की दिदै कडकिएका योगीले फेसबुकमा भने टोलबाटै निष्कासन गर्ने धम्की दिएको घिमिरेले बताउनुभयो ।
बर्दघाट नगरपालिका ४ का अनुसार उनी बर्दघाट ४ दिब्यनगर टोल विकास संस्थाका अध्यक्ष हुन ।
यसबारे सम्बन्धित सबै निकायमा जानकारी दिइसकेको बर्दघाट पोष्ट दैनिकको प्रकाशन संस्था न्यु भिजन मिडिया प्रा.लि.ले जनाएको छ ।

