चितवन राइनोज र विराटनगर टाइटन्स पीपीएलको फाइनलमा


पोखरा । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सफल भएको छ ।



एलिमेनेटर राउण्डमा बुटवल ब्लाष्टरलाई नाटकीय ढंगमा २१ रनले पराजित गर्दै विराटनगरले चितवन राइनोजसँग उपाधिका लागि भेट सुनिश्चित गरेको हो ।

बुटबलमाथि विराटनगरको यो लगातार दोस्रो जित हो । लिग चरणका खेलमा ३ जितसहित अंकतालिकामा दोस्रो रहँदै सहजै प्ले–अफ पुगेको बुटवल अघिल्लो दिनमात्रै विराटनगरसँग ६ विकेटले पराजित बनेको थियो ।




विराटनगरले फराकिलो अन्तरले नहराएको भए २ जितसहित समान ४ अंक बनाएको काठमाडौंले प्ले–अफ खेल्ने थियो । तर, विराटनगरको लागि पछिल्लो दुई दिन भाग्य चम्केको हो ।

साविक उपविजेता चितवन भने लिगका पाँचै खेलमा अपराजित रहँदै सर्वाधिक १० अंकसहित फाइनल पुगिसकेको छ । विराटनगरले लिग चरणमा बुटवलसहित पोखरा पल्टनलाई (४५ रन) ले पराजित गरी प्ले–अफ खेलेको हो । अब पारस खड्का कप्तानीको चितवन र प्रदीपसिंह ऐरी कप्तानीको विराटनगर उपाधिका लागि शनिबार फाइनल खेल्नेछन् ।



सम्बन्धित
Loading...