स्वदेशी सामग्रीको प्रयोग गरौंः विद्युत व्यवसायी

कावासोती । नवलपुर विद्युत व्यवसायी संघको प्रथम साधरण सभा शुक्रबार भएको छ ।
साधारण सभामा बोल्दै नेपाल विद्युत व्यवसायी महासंघका कन्द्रिय अध्यक्ष सुदर्शनप्रसाद पौडेलले यस्ता व्यवसायीहरुले विदेशी सामग्री भन्दा स्वदेशी सामग्री प्रयोग गर्नु पर्ने र यस राज्यलाई पनि टेवा पुग्ने बताए ।
उनले विद्युत व्यवसायीले आफूहरु जोखिम मोलेर भएपनि ग्राहकको सेवा दिने गरेको बताए । अध्यक्ष पौडेलले साना विद्युत व्यवसायीहरु नेपाल सरकारले लगाउने गरेको करको मारमा परेकोले कर घटाउनु पर्नेमा जोड दिए ।
नवलपुर विद्युत व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल, विद्युत व्यवसायी संघ प्रदेश सदस्य राजेन्द्र कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।