स्वर्ण पदक बिजेता संगीता मगरलाई उदयपुरमा सम्मान
उदयपुर । १३औं साग खेलकुद प्रतियोगितामा सहभागी उदयपुरकाु बेलका नगरपालिका वार्ड न १ निवासी संगिता मगरलाई आज एक कार्यक्रम गरी बेलका वडा नम्बर १ ले सम्मान गरेको छ ।
सामुहिक रूपमा सितेरियो करातेमा संगीताले स्वर्ण पदल जितेकी हुन । उनलाई आज वडा अध्यक्ष दिनेश्वर प्रसाद चौधरी लगायत सम्पूर्ण वार्ड जनप्रतिनिधिले १० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्रदान गरेको छ ।
भने सहभागी स्वर्ण पदक बिजेता खेलाडीले आफुलाइ हौसला प्रदान भएको र अझै निरन्तर लाग्ने बताएकी थिइन ।
यस अघि नै मगरलाई प्रतिनिधि सभा सदस्य डा. नारायण खडकाले सम्मान गरेका थिए भने बेलका नगरपालिकाले सम्मान गर्ने तयारी गरेको छ ।
बेलका नगरपालिका बाट १३ औ साग खेलकुदमा करातेमा संगीता मगर र महिला फुटबल मा दिपा राई सहभागी महिला टिमले कास्य पदक जितेको थियो।
