अमेरिकामा आम हत्याको सबभन्दा ठूलो रेकर्ड




अमेरिकामा सन् २०१९अहिलेसम्मकै सबभन्दा धेरै आम नरसंहार भएको वर्ष बन्न पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

असोसियटेड प्रेस, यूएसए टुडे र नर्थइस्टर्न विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्क अनुसार सन् २०१९ मा मात्रै ४१ वटा आम हत्या काण्ड भएका र २११ जनाको ज्यान गएको छ।




हत्या गर्ने मानिस स्वयंको निधनबाहेक चार वा चारभन्दा बढी मानिस मारिनुलाई आम नरसंहार मानिएको छ।

सन् २०१९ मा भएका सबभन्दा घातक हत्याकाण्ड चाहिँ मे महिनामा भर्जिनिया बीचमा भएको १२ जना मारिएको र अगष्ट महिनामा भएको एल पासोमा २२ जना मारिएकोलाई मानिएको छ।

सन् २०१९ मा भएका ४१ मध्ये ३३ वटा काण्डमा बन्दुक प्रयोग गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। राज्यका हिसाबले क्यालिफोर्नियामा सबभन्दा धेरै – आठवटा आम हत्याका घटना भएको थियो।

सन् १९७० सम्मको तथ्याङ्क हेर्दा सन् २०१९ भन्दा बढी हत्या काण्ड भएको नपाइएको एपीले जनाएको छ।

सन् २००६ दोश्रो धेरै आम हत्या भएको वर्ष थियो। यो वर्ष ३८ वटा त्यस्ता काण्ड भएका थिए।

सबभन्दा धेरै हत्याकाण्ड सन् २०१९ मा भएको भएपनि सन् २०१७ मा मृत्यु हुने मानिसको सङख्या अहिलेसम्मकै धेरै छ। त्यो वर्ष २२४ जनाको यस्ता हत्याकाण्डमा ज्यान गएको थियो। – BBC



सम्बन्धित
Loading...