सिपी गजुरेल लगायतका गिरफ्तार नेताहरुलाई तत्काल रिहा गर्न माग
- रामकुमार श्रेष्ठ –
पोखरा । देशभक्त जनणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेल, महासचिव परी थापा सहितका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको प्रति भत्सर्ना गर्दै नेकपा क्रान्तिकारी माओवादी गण्डकी प्रदेशले गिरफ्तार भएका सबैलाई रिहाइको माग गरेको छ ।
नेता सिपी गजुरेल, परि थापा सहित १५ जना भन्दा बढी नेताहरुलाई आइतबार प्रधानमन्त्रीलाई देशभक्ततथा जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा भारतद्वारा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा गाभी तयार पारिएको नया“ नक्सा लगायत राष्ट्रिय स्वाधीनताका विषयमा ज्ञापनपत्र दिन बुझाउँन जा“दा काठमाडौंको भाटभटिनी स्थित सुपर मार्केट क्षेत्रबाट गिरफ्तार गरेको थियो । ्
नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ का सेक्रेटरी केशबहादुर परियारद्वारा जारी विज्ञप्तिमा उप–प्रधानमन्त्रीको स्वीकृति अनुसार सिंहदरवारमा जाने क्रममा प्रहरीहरुद्वारा अन्धाधुन्ध लाठीचार्ज गरी कार्यक्रम माथि अवरोध खडा गरेर देजमो नेपालका कैयौं नेता तथा कार्यकर्तालाई गंभीर रुपमा घाइते बनाइयो र कैयौंलाई गिरफ्तार गरिएको जनाइएको छ ।
प्रहरीले नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्यद्वय तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सी पी गजुरेल र महासचिव परि थापा, पार्टीका पोलिटव्युरो सदस्यद्वय पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, केन्द्रिय सदस्यहरु दीपक शाही, हरिकृष्ण गजुरेल, फुर्नाम्गेल मोक्तान, वसन्त बोगटी लगायत खगेन्द्र छन्त्याल, पद्म भण्डारी, सुन्दर श्रेष्ठ, मीन प्रसाद गिरी, नरेन्द्र कार्की, अमित योञ्जन सहित पार्टी तथा मोर्चाका १५ जनाभन्दा बढी नेता तथा कार्यकर्तालाई गिरफ्तार गरी महेन्द्र पुलिस क्लवमा हिरासतमा राखिएको छ ।
लाठी चार्जका क्रममा पार्टीका पोलिटव्युरो सदस्य दिनेश शर्मा, सुरेश श्रेष्ठ, केन्द्रिय सदस्य शारदा महत, महिला नेतृ सुनिता बोगटी लगायत पार्टी र मोर्चाका दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई गंभीर रुपमा घाइते जनाइएको छ ।
विज्ञप्तिमा उप–प्रधानमन्त्रीद्वारा अनुमति प्रदान गरिएको समयमा प्रतिनिधि मण्डल भेटघाट गर्न जाने क्रममा यसरी सरकारद्वारा गरिएको निर्मम फासीवादी दमन, लाठी चार्ज र गिरफ्तारीको हाम्रो पार्टी जोडदार विरोध तथा भत्र्सना गर्दछौं भनिएको छ ।
त्यसैगरी विज्ञप्तिमा देशभक्त नेपालीहरुका लागि अति संवेदनशील तथा दुर्भाग्यपूर्ण परिघटना भन्दै गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुको अविलम्ब रिहाइ गर्न र घाइते हुनु भएका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको सिघ्र उपचारका लागि सरकारसंग जोडदार माग गर्दछ भनिएको छ ।
नेता सिपी गजुरेल, परि थापा लगायतको नेताहरुलाई तुरुन्त रिहाई नगरे देशभक्त जनणतान्त्रिक मोर्चा नेपालले देशभर आन्दोलन चर्काउने जनाएको छ ।
प्रेस–वक्तव्यको पूर्ण पाठ
आज २०७६ पौष १३ गते देशभक्ततथा जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा भारतद्वारा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा गाभी तयार पारिएको नया“ नक्सा लगायत राष्ट्रिय स्वाधीनताका विषयमा ज्ञापनपत्र दिन अपरान्ह उप–प्रधानमन्त्रीको स्वीकृति अनुसार सिंहदरवारमा जाने क्रममा भाटभटेनी सुपर मार्केट क्षेत्रमा यो विदेशी दलाल सरकारका प्रहरीहरुद्वारा अन्धाधुन्ध लाठीचार्ज गरी कार्यक्रम माथि अवरोध खडा गरियो । यस क्रममा देजमो नेपालका कैयौं नेता तथा कार्यकर्तालाई गंभीर रुपमा घाइते बनाइयो र कैयौंलाई गिरफ्तार गरियो । गिरफ्तार हुनेमा हाम्रो पार्टीका स्थायी समिति सदस्यद्वय तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष क. सी पी गजुरेल र महासचिव क. परि थापा, पार्टीका पीविएमद्वय क. पवनमान श्रेष्ठ तथा क. सुरेश श्रेष्ठ, सीसीएमहरु क. दीपकशाही, क. हरिकृष्ण गजुरेल, क. फुर्नाम्गेल मोक्तान, क. वसन्त बोगटी लगायत क. खगेन्द्र छन्त्याल, क. पद्म भण्डारी, क. सुन्दर श्रेष्ठ, क. मीन प्रसाद गिरी, क. नरेन्द्र कार्की, क. अमित योञ्जन सहित पार्टी तथा मोर्चाका १५ जनाभन्दा बढी नेता तथा कार्यकर्तालाई महेन्द्र पुलिस क्लवमा हिरासतमा राखिएको छ । लाठी चार्जका क्रममा पार्टीका पीबीएम क. दिनेश शर्मा तथा क. सुरेश श्रेष्ठ, सीसीएम क. शारदा महत, महिला नेतृ क. सुनीता बोगटी लगायत पार्टी र मोर्चाका दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई गंभीर रुपमा घाइते बनाएको छ ।
उप–प्रधानमन्त्रीद्वारा अनुमति प्रदान गरिएको समयमा प्रतिनिधि मण्डल भेटघाट गर्न जाने क्रममा यसरी सरकारद्वारा गरिएको निर्मम फासीवादी दमन, लाठी चार्ज र गिरफ्तारीको हाम्रो पार्टी जोडदार विरोध तथा भत्र्सना गर्दछ । यो देशभक्त नेपालीहरुका लागि अति संवेदनशील तथा दुर्भाग्यपूर्ण परिघटना हो । हाम्रो पार्टी गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुको अविलम्ब रिहाइ गर्न र घाइते हुनु भएका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको सिघ्र उपचारका लागि सरकारसंग जोडदार मागगर्दछ । राष्ट्रिय स्वाधीनताको हाम्रो आन्दोलन निरन्तर जारी छ र रहने छ ।
किशोर
सेक्रेटरी
४ नंम्बर प्रदेश समिति
मितिः २०७६।९।१३