भरतपुर महानगरको फछर्यौट हुन बाँकी बेरुजु ९७ करोड बढी




चितवनको भरतपुर महानगरपालिकामा आर्थिक वर्ष २०७३/७४ सम्मको बेरुजु ६६ करोड ८९ लाख रुपैयाँ रहेको पाइएको छ ।
भरतपुर महानगरपालिकाको नगरसभामा महानगर प्रमुख रेनु दाहालले आर्थिक वर्ष २०७६्२०७७ को नीति तथा कार्यक्रम एवम् बजेट कार्यान्वयनको समीक्षात्मक प्रस्तुत गर्दै आर्थिक वर्ष २०७३/७४ सम्मको बेरुजु ६६ करोड ८९ लाख रुपैयाँ रहेको हालसम्म कुनै फर्छ्यौट नभएको जानकारी दिए।

आव २०७३/०७४ को ६६ करोड ८९ लाख बेरुजु रकम फर्छ्यौटको लागि ३५ दिनभित्र सम्परीक्षण गर्ने गरी काम भइरहेको नगरसभामा जानकारी गराइएको थियो।




नगर प्रमुख दाहालले चालु आर्थिक वर्षको लागि जनसहभागिता, घरजग्गा रजिस्ट्रेशन र अन्य कर तथा गैरकरसमेत गरी एक अर्ब ११ करोड ५० लाख आन्तरिक आयको प्रक्षेपण गरेकी थिइन् । जनसहभागिता २२ करोड, घरजग्गा रजिस्ट्रेसन ४० करोड र अन्य कर तथा गैरकर राजस्व ४९ करोड ५० लाख ९नदीजन्य पदार्थ समेत० प्रक्षेपण गरिएको छ ।

गत आर्थिक वर्षको साउनदेखि मंसिरसम्म कुल राजस्व १८ करोड ११ लाख ९घरजग्गा रजिस्ट्रेसन तीन करोड १५ लाख ८८ हजार समेत० उठेकोमा यस वर्ष १९ करोड ८ लाख ९घरजग्गा रजिस्ट्रेसन बाहेक० उठेको छ । यो गत आर्थिक वर्षको कुल राजस्व भन्दा ९ प्रतिशतले बढी हो ।
आर्थिक प्रशासन तर्फः चालु आर्थिक वर्ष २०७६ / ०७७ को कुल बजेट तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार रहेकोमा चालुतर्फ कुल एक अर्ब ५७ करोड २३ लाख रहेको छ । प्रथम चौमासिकसम्ममा भरतपुर महानगरपालिकाको समग्र चालु खर्चतर्फ ३३ करोड ३२ लाख दुई हजार अर्थात् २२ प्रतिशत रहेको छ । पूँजिगत तर्फ एक अर्ब ८० करोड ७ लाख ७९ हजार रकम विनियोजन भएकोमा खर्च २६ करोड ८६ लाख ९० हजार अर्थात १५ प्रतिशत खर्च भएको छ । गत आर्थिक वर्षमा २०७५ र ०७६ को प्रथम चौमासिकसम्ममा चालुतर्फ १९ प्रतिशत र पूँजिगत तर्फ १६ प्रतिशत खर्च रहेको थियो । यस आर्थिक वर्ष खर्च भएको रकमको ठूलो हिस्सा गत आर्थिक वर्षको योजनाको भुक्तानी दिन बाँकी रकम रहेको महानगरले जनाएको छ ।

आम्दानीतर्फ संघीय सरकारको राजश्व वाडँफाँडबाट कुल रकम ३४ करोड ५८ लाख २३ हजार प्रक्षेपण गरिएकोमा मंसिर मसान्तसम्ममा जम्मा रकम तीन करोड २० लाख ९३ हजार प्राप्त भएको छ भने समानीकरण एवम् सशर्त अनुदानको दोस्रो किस्तासम्म ६५ करोड १३ लाख २५ हजार गरी कुल ६८ करोड ३४ लाख १८ हजार निकासा भएको छ । प्रदेशतर्फ राजश्व बाँडफाँडबाट कुल रकम १८ करोड ६७ लाख ४८ हजार प्रक्षेपण गरिएकोमा मंसिर मसान्तसम्ममा कुनै पनि रकम प्राप्त नभएको अवस्था छ । आन्तरिक आयतर्फ जम्मा रकम ८० करोड प्रक्षेपण गरेकोमा मंसिर मसान्तसम्म कुल रकम १९ करोड ८ लाख उठेको छ ।



सम्बन्धित
Loading...