तमु ल्होसारको शुभकामना आदान प्रदान

कावासोती । २६०३ औँ तमु ल्होसारको अवसर पारी आईतबार कावासोतीमा शुभकामना आदान प्रदान कार्यक्रम गरीएको छ । मृग वर्गलाई विदाई गरी मुसा वर्गलाई स्वागत गर्दै २६०३ औँ तमु ल्होसारको अवसरमा मुकुन्दसेन टेलीभिजनले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले गुरुङ समुदायकोे मुख्य पर्व तमु ल्होसारको दिन सरकारले बिदा कटौती गर्न नहुने भन्दै राष्ट्रिय बिदाको माग गरेका छन् । आफ्नो संस्कृति संरक्षण गर्नका लागि राष्ट्रिय बिदा हुनु पर्ने माग राख्दै विगतका वर्षहरुमा सार्वजनिक रुपमा ल्हासार पर्वको बिदा पाईरहे पनि वर्तमान सरकारले सार्वजनिक बिदा कटौती गर्दा महान चाड मनाउन निकै कठिन भएको बताएका छन् । सरकारले विभिन्न जातजातिका पर्व सबैको साझा हो भन्ने अनुभुति गराउन साथै बिभेद र असमानताको अन्त्यका लागि तमू ल्होसार लगायत अन्य आदिवासी जनजाति समुदायको मूख्य चाडपर्वहरुमा सार्वजनिक विदा दिनु पर्नेमा जोड दिएका थिए । साथै बोल्ने वक्ताहरुले तमुहरुको महान पर्व २६०३ औँ तमु ल्होसारको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुको शुख, शान्ती, शुस्वास्थ्यको कामना समेत व्यक्त गरेका छन् ।
मुकुन्दसेन मिडिया प्रा.लि. का प्रवन्धनिर्देशक असिफ तमुको अध्यक्षता रहेको कार्यक्रममा तमु ह्यूला छोंज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य दुर्गा बहादुर गरुङ प्रमुख आतिथिको रुपमा रहनु भएको थियो । त्यस्तै कार्यक्रममा केन्द्रीय अनुगमन विभागकी सदस्य खगीसरा गुरुङ, तमु ह्यूला छोंज धि गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेशका उपाध्यक्ष बुद्धि बहादुर गुरुङ, तमुस्यो ह्यूला छोंज धि प्रदेश अध्यक्ष जनकासी गुरुङ, तमु ह्यूला छोंज धि गुरुङ राष्ट्रिय परिषद नवलपुर जिल्ला उपाध्यक्ष विष्णु गुरुङ, वरचुली बौद्ध गुम्बाका अध्यक्ष गोपि गुरुङ, बुद्धदर्शन टेलीभिजनका प्रवन्धनिर्देशक रुद्र बहादुर गुरुङ, तमु ह्यूला छोंज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला सदस्य जंग बहादुर गुरुङ, वरचुली बौद्ध गुम्बाका कोषाध्यक्ष शरद गुरुङ, तमु ह्यूला छोंज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला सदस्य मन बहादुर गुरुङ लगायतको उपस्थीती रहेको थियो ।