महाकालीमा मौका छोप्दै भारत, अनुमतिबेगर संरचना निर्माण


  • पत्रपत्रिका / कान्तिपुरबाट –

 



नेपालका बासिन्दा चिसो छल्न तल्लो भेग झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण गरिरहेको छ ।

पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिmत्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एकपक्षीय रूपमा संरचना बनाएको हो ।




कान्तिपुरका अनुसार, भारतले व्यास गाउँपालिका–१, पेल्सितीनजिकै महाकालीमा अनुमतिबेगर काठेपुल बनाएको छ । महाकाली नदी नै प्रभावित हुनेगरी भीर कटान गरे सडक बनाउने कामलाई पनि उसले तीव्र पारेको छ ।

०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनुका साथै नेपाली भूमिमा एक्स्काभेटर चलाएको थियो ।



सम्बन्धित
Loading...