गजुरेलसहित १५ जना नेता-कार्यकर्ता रिहा




काठमाडौं । आइतबार सिंहदरबार अगाडिबाट पक्राउ परेका नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलसहित १५ जना नेता-कार्यकर्ता रिहा भएका छन् ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई सीमा विवाद समाधानका लागि ज्ञापनपत्र बुझाउन जाँदै गर्दा गजुरेलसहित उनको टोलीलाई आइतबार पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । सबै १५ जना सोमबार बिहानमात्र रिहा भएका छन् ।




उनले भने, ‘सीमा मिचियो, समाधान गर्नुस् भनेर ध्यानाकर्षण गराउन जाँदासमेत यो सरकारले नियन्त्रणमा लिएको छ । यो सरकार फासीवादतर्फ उन्मुख भएको संकेत हो ।’



सम्बन्धित
Loading...