कावासोतीमा गुडीरहेको मोटरसाइकलमा एक्कासी आगो लाग्यो (भिडियो)



खगेन्द्र पराजुली,
१४ पौष, नवलपुर ।
कावासोती नगरपालिका वडा नम्वर २ स्थित शान्तिटोलमा गुडिरहेको मोटरसाईकलमा एक्कासी आगो लाग्दा पूर्ण रुपमा क्षति भएको छ । उत्तरवाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाईकलमा एक्कासी आगो लाग्दा मोटरसाईकल चालक भने भागेका छन् ।
मोटरसाईकल जलेर पुर्ण रुपमा क्षति भएकाले मोटरसाईकलको बिवरण नखुले पनि एन् एस मोडलको मोटरसाईकल रहेको स्थानीयले बताएका छन् ।
अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले घटनास्थलबाट क्षति भएको मोटरसाईकल नियन्त्रणमा लिई कार्यालयमा पुर्याएको छ ।
घटनामा मोटरसाईकलको क्षति बाहेक अन्य कुनै मानबीय र भौतिक क्षति भने भएको छैन । मोटरसाईकलमा लागेको आगो स्थानीयले पानीको मदतबाट नियन्त्रणमा लिएका थिए ।

 



https://www.youtube.com/watch?v=CpOnj8Aldk4

 



सम्बन्धित
Loading...