सिमा रक्षामा सरकार उदासिन भएको आरोप




कावासोती । सिमा रक्षा र राष्ट्रिय स्वाधिनताको माग गर्दै प्रधानमन्त्रीलार्ई ज्ञापन पत्र बुझाउन जाँदा नेता सिपी गजुरेल सहितलाई पक्राउ र धरपडक गरेको विरोधमा सोमबार कावासोतीमा विरोध सभा गरिएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरको आयोजनामा नवलपुरको कावासोतीमा विरोध सभा भएको हो ।




विरोध सभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाले सरकारले राष्ट्रिय स्वाधिनता र सिमा रक्षाको पक्षमा ज्ञापन पत्र बुझाउँन जाँदा पक्राउ गर्ने खेदजनक कार्य भएको बताए । उनले सरकार सीमा रक्षाका लागि उदासिन भएको आरोप समेत लगाए ।

कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी महिला संघका केन्द्रिय सदस्य एवम् नवलपुरका अध्यक्ष गीता पाण्डेले राष्ट्रिय स्वाधिनता र सीमा रक्षाको आन्दोलन एउटा पार्टीको मात्र नभएर समग्र नेपालीको आन्दोलन भएको बताए ।

त्यसैगरी देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका अध्यक्ष पिताम्बर तिवारीले सरकारले गरेको धरपकडले सरकार भारतीय विस्तारवादको अगाडि लम्पसार परेको पुष्टि भएको आरोप लगाए ।

काशी काफ्लेको सञ्चालनमा कार्यक्रम भएको थियो ।



सम्बन्धित
Loading...