कञ्चनपुरमा सौतेलो बाबुद्वारा तीन वर्षीया बालिकाको बलात्कारपछि वीभत्स हत्या




महेन्द्रनगर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको डेढ वर्षपछि कञ्चनपुरमै तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको छ । भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको हो । घरमा कोही नभएको मौका छोपी सौतेलो बाबु इन्द्र चुनाराले घटना गराएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारा पक्राउ परेको र घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिए । अभियुक्त इन्द्रले करिब तीन महिनाअघि हत्या गरिएकी बालिकाकी आमालाई डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए ।




राससका अनुसार मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ । ‘पक्राउ परेका चुनाराले अत्यधिक मदिरा सेवन गरेका छन्,’ प्रहरी प्रवक्ता चन्दले भने, ‘बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा निजले बालिकालाई बलात्कारपछि हत्या गरेको वयान दिएका छन् ।



सम्बन्धित
Loading...