चितवनमा जनगणनाको पूर्व तयारीबारे छलफल




चितवन । एक वर्ष पछि अर्थात वि.सं. २०७८ सालमा सुरु हुने राष्ट्रिय जनगणनाको पूर्व तयारी जिल्ला तथ्याङक कार्यालय चितवनले सुरु गरेको छ । प्रत्येक १०/१० वर्षमा हुने जनगणनामा विगत भन्दा यसपटक तथ्याङ्क संकलनको दायरालाई फराकिलो बनाउने तयारी स्वरुप काम थालिएको कार्यालयले जनाएको छ ।


जिल्लाको जनसंख्याको परिवर्तन, लैंगिक अवस्था, वृद्ध, बालबालिका र युवा, घरको अवस्था, प्रयोग गरेको जग्गा, शिक्षा, प्रजनन् दर, अपाङ्गता, बसाईसराईं लगायतको वास्तविक यथार्थ संकलन गरिने कार्यालयका चितवन प्रमुख यज्ञमुर्ती भण्डारीले जानकारी दिए ।




सोमवार पूर्वी चितवनको खैरहनीमा आयोजित जिल्लास्तरीय गोष्ठीमा बोल्दै प्रमुख भण्डारीले जनगणनालाई उत्सवको रुपमा मनाएर सबै क्षेत्रले सहयोग गर्नुपर्ने  बताए । प्रत्येक १० बर्षमा गरिने जनगणनाका आधारमा आउने तथ्याङ्कमा देशको नीति निर्माण तथा विकास निर्माण निर्देशित हुने भएकाले हरेक नागरिक समक्ष जनगणनाको महत्व दर्शाउन पूर्व तयारी सुरु गरिएको हो ।

जिल्ला तथ्याङ्क कार्यालय चितवनले पहिलो चरणमा चितवन नवलपुर र नवलपरासीमा जनप्रतिनिधि, पत्रकार राजनितिककर्मी लगायत कर्मचारीहरुसँग अन्तरक्रिया गरेको छ ।



सम्बन्धित
Loading...