एनआइसी एसिया बैंकद्वारा इन्सुरेन्सको रकम हस्तान्तरण




भुमही (नवलपरासी) । एन आइ सि एसिया बैंक लिमिटेड को भुमही शाखा प्रबन्धक तिलक खनालले बैंकको सुपर चमत्कारिक तलब बचत खाता योजना अन्तर्गत खाता संचालनमा रहेको एक बिरामी लाइ मेडिकल इन्स्योरेन्स अन्तर्गत उपचारमा लागेको खर्च रु ४० ,२३५ हस्तान्तरण गरेका छन।

बैंकले हालै विभिन्न संघ सस्थाहरुलाइ लक्षित गरि सुरु गरेको सुपर चमत्कारी तलब बचत खाता योजना अन्तर्गत ग्राहकको सबै उपचार खर्च सस्थाले बेहोरेको खनालले जानकारी दिए।रामनगर एजुकेसन फाउन्डेसनले त्यही योजना अन्तर्गत सम्पुर्ण कर्मचारीहरुको तलब खाता भुमही शाखाबाट संचालन गरेको हुदा ट्न्सिल भएर अस्पतालमा उपचार गरेर फर्केकि शिक्षिका दिपिका थापालाइ चेक हस्तान्तरण गरिएको हो।
योजना अनुसार कुनै पनि सस्थाले खाता सन्चालन गरेमा सम्पुर्ण कर्मचारी हरुको डेढ लाख बराबरको उपचार खर्च मेडिकल इन्सुरेन्स मार्फत सस्थाले बेहोर्ने प्राबधान रहेको प्रबन्धक खनालले बताए।



सम्बन्धित
Loading...