अखिल क्रान्तिकारी चितवनद्वारा शुल्कवृद्धि फिर्ता गर्न माग




अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले चितवनका पब्लिक क्याम्पसले विद्यार्थीसँग लिने शैक्षिक शुल्क बढाएकोमा विरोध जनाएको छ ।

यूनियनका चितवन जिल्ला अध्यक्ष कृष्ण सुनारले मंगलबार विज्ञप्ति जारी गरी यहाँका क्याम्पसले साविकको शुल्कमा १२ देखि ३० प्रतिशतसम्म वृद्धि गरेको भन्दै तत्काल पुरानै शुल्क कायम गर्न माग गरेका छन् । “विगतमा गरिएको शुल्कवृद्धिमा समेत कुनै वैज्ञानिक आधार थिएन”, विज्ञप्तिमा भनिएको छ, “अहिले पुनः बढाइएको शुल्कले न्यून वर्गका विद्यार्थीलाई मार परेको छ ।”




बढाइएको शुल्क तत्काल खारेज गरी सहज पठनपाठनको वातावरण बनाउन सम्बन्धित सबैमा विद्यार्थी यूनियनको माग छ ।



सम्बन्धित
Loading...