विपीका विचारलाई आत्मसाथ गर्नुपर्छः महामन्त्री डा. कोइराला




नवलपरासी, १६ पुस । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली काँग्रेसले विपीको विचारलाई कहिलै छाड्न नहुनेमा जोड दिएका छन् ।
बुधबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विपी अध्ययन प्रतिष्ठान नवलपुरको आयोजनामा भएको विपी विचार र वर्तमान सन्दर्भ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपाली काँग्रेसले विपीको विचारलाई सधै आत्मसाथ गरेर हिड्नु पर्नेमा जोड दिए ।
उनले विपी दुरदर्शी नेता भएको र अहिलेका नेपाली काँग्रेसका नेताहरुलाई विपीको विचार र सिद्धान्तलाई छाडेका कारण काँग्रेस पछाडि परेको बताए ।
काँग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता निर्वासनबाट स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।
विपी अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णुदेवी पाण्डेको अध्यक्षतामा भएको विचार गोष्ठीमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजालले विपी कोइरालाले देखाएको बाटो पछिल्लो पुस्ताले अबलम्बन गर्न नसक्दा पार्टी र देशलाई समेत नोक्सान पुगेको बताए ।
कार्यक्रमामा नेपाली काग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरे, नेपाली काग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछाने, पूर्व योजना आयोगका उपाध्यक्ष गोविन्दराज पौडेल, ओमकला गौतम, महेन्द्रध्वज जिसी लगायतको नेताहरुले बोलेका थिए ।



सम्बन्धित
Loading...