अपराध संहिता कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरमा विहीबार सुरक्षा अधिकारीहरुबीच फौजदारी अपराध संहिता कार्यान्वयन, अपराध अनुसन्धान तथा अभियोजन सम्बन्धी अन्तरक्रिया भएको छ ।
अन्तरक्रियामा महान्यायाधिवक्ताको कार्यालयका नाय महान्यायाधिवक्ता विश्वराज कोइराला, प्रहरी प्रधान कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक उमेश रंजितकार, जिल्ला सरकारी वकिल कार्यालय नवलपुरका न्यायाधिवक्ता सितारम अर्याल, उपन्यायाधिवक्ता हरिशंकर ज्ञवाली, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोख्रेल, अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीहरुबीच अन्तरक्रिया भएको हो ।