७ माघभित्र उखु कृषकको रकम नतिर्ने उद्योगीलाई सरकारले कारवाही गर्ने


 


सरकारले माघ पहिलो साताभित्र उखु कृषकले पाउनुपर्ने रकम भुक्तानी नगर्ने चिनी मिल मालिकमाथि कारवाही गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार माघको पहिलोसाताभित्र कृषकको भुक्तानी दिन उद्योगीलाई निर्देशन दिइसकिएको छ ।




उपप्रधानमन्त्री ईश्वर पोखरेललको नेतृत्वमा गृहमन्त्री रामबहादुर थापा, कृषिमन्त्री घनश्याम भुषाल र उद्योगमन्त्री लेखराज भट्ट सम्मिलित बैठकले भुक्तानी नदिनेमाथि कारवाही थाल्ने निर्णय गरेको हो ।

सरकारो निर्णयअनुसार उखु किसानलाई चिनी उद्योगहरूले २५ पुससम्ममा ८० प्रतिशत रकम र बाँकी २० प्रतिशत माघ पहिलो सातासम्म बुझाउनु पर्नेछ ।


निर्णय अटेर गर्नेको पहिलो चरणमा कारोबार रोक्का गरिने र क्रमश कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने मन्त्री भट्टले बताए ।

मन्त्रालयले उद्योगीलाई बाँकी रकम तिर्न आज निर्देशन दिएको उनको भनाइ छ । लुम्बिनी सुगर्स मिलका सञ्चालकबाहेक सवै सञ्चालक सम्पर्कमा आइसकेको सरकारको दाबी छ ।



सम्बन्धित
Loading...