चितवनका एसपी मल्लद्वारा प्रदेश प्रहरी कार्यालयको निर्देशन अवज्ञा




चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले प्रदेश प्रहरी कार्यालयको निर्देशन अवज्ञा गरेका छन् । बुधबार बिहान तालुकदार निकाय प्रदेश ३ प्रहरीले जिल्ला प्रहरी कार्यालय, चितवनलाई पत्र लेख्दै १२ घन्टाभित्र रमाना हुन निर्देशन दिएको थियो । तर, निर्देशनलाई लत्याउँदै उनी जिल्लामै बसेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको १३ दिनसम्म पनि उनले जिल्ला नछाडेपछि प्रदेश प्रहरीले उनलाई पत्र काटेको थियो । पत्र काटेको दिन बिहीबार उनी सधैँझैँ नियमित काममा व्यस्त रहे ।  मल्ल प्रचण्डका पूर्वनिजी सुरक्षा अधिकृत पनि हुन् ।




प्रचण्डसँगकै सम्बन्धका कारण उनले डीएसपी हुँदा आकर्षक मानिने काठमाडौंको दरबारमार्ग प्रहरी वृत्तको नेतृत्व गर्ने अवसर पाएका थिए । मल्लले जिल्लाका सञ्चारकर्मीहरुसँग तत्काल जिल्ला नछाड्ने बताएका छन् ।  उनले समय नपुग्दै सरुवा गर्न खोजिएको भन्दै चितवनमै बस्ने वातावरण बनाइदिन भन्दै लबिङ गरिरहेको स्रोतले बताएको छ । चितवनलाई प्रहरी संगठन भित्र आकर्षक कमाउ जिल्लाको रुपमा हेरिन्छ । मल्लले जिल्ला नछाड्दा चितवनमा सरुवा गरिएकी गंगा पन्त काठमाडौंमै छिन् ।



सम्बन्धित
Loading...