२५ माघदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान हुँदै
प्रदेश १ का तीन जिल्लामा २५ माघदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालय मोरङ प्रदेश १ को आयोजनामा बिहिबार विराटनगरमा औषधि सेवन अभियान योजना तर्जुमा गोष्ठीमा अभियानबारे जानकारी दिएको हो ।
प्रदेश १ का मोरङ, झापा र धनकुटामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइनेछ । यसैगरी प्रदेश नम्बर २ को बारा, गण्डकी प्रदेशको लमजुङ, पर्वत र बाग्लुङ, प्रदेश नम्बर पाँचको दाङ, बाँके र बर्दियामा यो अभियान संचालन गरिने छ भने सुदुपश्चिमबाट कैलाली र कञ्चनपुरमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान संचालन गरिने छ ।
अभियान संचालनका लागि २० करोडको बजेट छुट्टाइएको छ भने मोरङका लागि मात्र साढे तीन करोड रकम छुट्टाएको छ । हाल मोरङमा प्रति सय जनामा ६ जना मानिसमा हात्तीपाइले रोगको लामखुट्टे रहेको तथ्य सार्वजनिक गरिएको छ ।