एसपी मल्लले चितवन छाड्ने, गंगा पन्तलाई पनि नपठाउने


चितवनका प्रहरी उपरीक्षक एसपी दानबहादुर मल्ल अन्ततः चितवन छाडेर सरुवा भएको स्थानमा जाने भएका छन् ।



चितवनबाट उनलाई त्रिभूवन विमानस्थल सरुवा गरिएपनि उनी त्यहाँ आउन अटेर गरेर बसेका थिए ।

उनको स्थानमा एसपी गंगा पन्तलाई पठाइएपछि दानबहादुर चितवनमा नै बसेका थिए । गंगा पन्तलाई चितवन नपठाएर एसपी नवराज अधिकारी वा कृष्ण पंगेनीमध्ये एक जनालाई पठाउने सहमति पनि मल्लले चितवन छाड्ने भएको प्रहरी प्रधान कार्यालय स्रोतको भनाई छ ।




गत ४ पुसमा २४ एसपी सरुवा हुँदा दानबहादुर मल्लको स्थानमा गंगा पन्तलाई पठाएर उनलाईं विमानस्थलमा खटाइएको थियो ।



सम्बन्धित
Loading...