क्रान्तिकारी माओवादीका सदस्य ढकाल कारवाहीमा
चितवन । नेकपा क्रान्तिकारी माओवादी चितवनले पार्टी सदस्य प्रकाश चन्द्र ढकाललाई कारवाही गरेको छ ।
शनिबार क्रान्तिकारी माओवादी चितवनद्वारा जारी विज्ञप्तिमा ढकालले पार्टीको मूल्य मान्यता र सिद्धान्त विपरित कार्य गरेको भन्दै कारवाही गरेको जनाएको छ ।
जिल्ला सेक्रेटरी हेमन्तद्वारा जारी विज्ञप्तीमा ढकालले पार्टीको नाममा कुनै पनि अराजनैतिक गतविधि गर्न सक्ने भन्दै सर्वसाधरणमा जानकारी समेत गराएको छ ।
