जापानमा फेरि खुल्यो केयर गिभरको रोजगारी




जापानले फेरि नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । यअसघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो ।

जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनाले परीक्षामा सहभागी हुन पाउनेछन् । जापान फाउन्डेसनले परीक्षामा सहभागी हुन चाहनासँग आवेदन माग गरेको छ ।




जनवरी ७, ८, १४, १५, १६, २१, २२, २३, २८ र २९ तारिखमा परीक्षा सञ्चालन हुनेछ ।
मार्चमा ३, ४, ५, ९, १०, ११, १२, १५, १६, १७, १८ र १९ तारिखमा पनि परीक्षाको मिति तोकिएको छ ।

जापानले यसअघि कात्तिक सञ्चालन गरेको भाषा परीक्षामा ५६ जना नेपाली उत्तीर्ण भएका थिए । तर उनीहरु मध्ये कतिले सीप परीक्षा पास गरे भन्ने जानकारी दिइएको छैन ।

यो पटक पनि परीक्षा शुल्क २ हजार ५ सय तोकिएको छ । परीक्षा कम्प्युटरमा आधारित हुनेछ ।



सम्बन्धित
Loading...