देवचुलीमा रक्तदान
देवचुली (नवलपुर) । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ मा रहेको परोपकार बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।
संस्थाको १३ औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक तिलप्रसाद काफ्लेले बताए ।
रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो ।
