कावासोतीमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

नवलपुर । मोनिका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले आईतवार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
कावासोती नगरपालिका वडा नम्बर १ वालुवाडाडामा रहेको जलदेवी प्राथमिक विद्यालयका सम्पूर्ण १८ जना विद्यार्थीलाइ न्यानो कपडा वितरण गरेको हो ।
विपन्न असहाय बालवालिकाहरुको शिक्षा स्वास्थ्यमा सहयोग गर्ने उद्दश्यले समाजसेवी श्याम श्रेष्ठ र दिलकुमारी श्रेष्ठकी स्व। छोरी मोनिकाको स्मृतिमा ट्रस्ट स्थापना गरिएको मोनीका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपालका संरक्षक लालचन श्रेष्ठले बताए ।
ट्रस्टको पहिलो कार्यक्रम अन्तरगत वडा नम्बर १ को पहाडी क्षेत्रमा पर्ने जलदेवी प्राथमिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने १८ जना विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको संरक्षक श्रेष्ठले जानकारी दिए ।
वडा नम्बर १ का वडा अध्यक्ष नारायण प्रसाद पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजसेवी एवं स्व। मोनिकाका पिता श्याम श्रेष्ठ, वडा सदस्य माया गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुकबहादुर विरकट्टा, विद्यालयका प्रध्यानाध्यपक सुमित्रा भुसाल, मोनीका श्रेष्ठ मेमोरियल ट्रष्टका सदस्य आस्था श्रेष्ठ, विद्यार्थी, अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष नारायण पन्तले डेड वर्षिय छोरी मोनीकाको स्मृतिमा संचालन गरेको ट्रस्ट मार्फत विद्यार्थीहरुलाई गरेको सहयोगको प्रशंशा गरे ।
आगामी दिनमा पनि ट्रस्टले विकटका वालवालिकाको शिक्षा स्वास्थ्यमा सहयोग गरोस भन्दै आफुले ट्रस्टको लागि सकारात्मक सहयोग गर्ने अध्यक्ष पन्तले बताए ।