दुम्किबासमा हिलोमा फसेर एक जनाको मृत्यु

दुम्किबास (नवलपरासी) । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १, दुम्किबासमा एक जना पुरुषको शव फेला परेको छ ।
मादक पदार्थ सेवन गरेका दुम्किबास जैकुटी निवासी ४५ बर्षीय भिमलाल काफ्ले हिलोमा फसेर मृत्यु भएको दुम्किबास प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो उनी मृत अवस्थामा भेटिएका थिए ।